Tune to BFM 91.2|Biratnagar

आर्थिक बर्षको ४ महिनामा ११ करोड भन्दा बढी राजश्व संकलन

विराटनगर, ३० मंसिर । प्रदेश एकका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ वटा मुद्धा दर्ता भएको र ११ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश १ प्रहरी कार्यलय विराटनगरले जानकारी दिएको छ ।

समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरीले काम गरे अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको तथ्याकले देखाएको छ ।

आर्थिक बर्षको पहिलो चौमासीकको ४ महिनामा मात्र २ हजार १ सय ७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिएको छ । बिभिन्न अपराधमा सजाय तोकिएर फरार रहदै आएका १९३ जना लाई पक्राउ गरी ३०० बर्ष कैद भुक्तान भई , १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी भन्सार चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ गरी ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन भएको छ ।

अबैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधन पक्राउ गरेर ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ । यस्तै काठ चोरी गर्ने ३३ जना पक्राउ गरी १२८४ क्यू.फिट. काठ बरामद गरी १४ लाख ९सय राजश्व संकलन भएको छ ।

आर्थिक बर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधन कारवाहीमा पर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ । पहिलो चौमासीकमा ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको प्रदेश १ प्रहरी कार्यलय विराटनगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button