Tune to BFM 91.2|Biratnagar

आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने

विराटनगर, १७ वैशाख । मोरंका अर्थशास्त्रीहरुले आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । मोरंग व्यापार संघ र उद्योग संगठनले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रममा अर्थशास्त्रीले सो कुरामा जोड दिएका छन् ।

कोरोना भाईरस कोभिड–१९ पछीको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै अर्थशास्त्रीहरुले नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना गर्नु पर्ने, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा लगाउनु पर्ने, एग्रो इण्डष्ट्रियल लिंकेज हुने नीति अवलम्बन गर्नु पर्नेमा जोड दिएका हुन् ।

अर्थशास्त्रीहरु डा. भेषप्रसाद धमला, डा. अर्जुन बराल, डा. पि.के.झा, डा. वेदराज आचार्य लगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button