Tune to BFM 91.2|Biratnagar

आर्थिक विधेयक २०७७ बहुमतले पारित

विराटनगर ३२ जेठ । संघीय संसदबाट सरकारले आगमी आर्थिक बर्षकालागि प्रस्तुत गरेको आर्थिक बिधेयक बहुमतले पारित भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गनुभएको आर्थिक विधेयक २०७७ आज संघीय ससदमा बहुमतले पारित भएको हो ।आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसाय सुचारु गरिने बताउनुभयो ।

उहाले संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै आर्थिक विकासकालागि पनि दलहरु मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कडा लक डाउनका कारण बैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकोले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने उहाले बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले बैकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । सांसदहरुले आर्थिक विधेयकले उद्योगि र व्यापारीले अर्बाै छुट पाउने र गरिब मजदुर किसानहरु महंगिमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button