Tune to BFM 91.2|Biratnagar

आश्रमलाई खाद्य सामग्री हस्तान्तरण

विराटनगर, ४ असोज । नेपाल वैश्य युवा संघ मोरङले विराटनगर–७ स्थित आमाको माया छात्रावास आश्रम तथा जनजाति कल्याण आश्रमलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष गणेशकुमार साहको अग्रसरतामा छात्रावासका अध्यक्ष मदन साहलाई विभिन्न खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

वैश्य समुदायका व्यक्तिहरुबाट संकलित चामल, दाल, खाने तेल, नुन, चाउचाउ, चउरा, आलु, प्याजलगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको वैश्य युवा संघ मोरङका अध्यक्ष साहले जानकारी दिनुभयो ।

कार्यक्रममा १ सय ५० थान मास्कसहित अन्य स्वास्थ्य सामग्री पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button