इँटा उद्योगको प्रदूषण ९० प्रतिशत घटेको दाबी

0
60

विराटनगर, २५ भदौ । इँटा व्यवसायीहरूले देशभरीको इँटा भट्टाको ९० प्रतिशत प्रदूषण अन्त्य भएको दाबी गरेका छन् । नयाँ उपकरण र प्रविधिहरू भित्र्याएर इँटा भट्टाबाट हुने प्रदूषण काम गरिएको उनीहरूले दाबी छ । कोसी इँटा उद्योगी व्यवसायी संघको विराटनगरमा आज भएको ९ औं वार्षिक साधारण सभामा इँटा व्यवसायी महासंघका केन्द्रीय महासचिव केशवप्रसाद अवालले देशभरीमा एक हजार इँटा व्यवसायीहरू भएकोे जानकारी दिँदै इँटा भट्टाबाट हुने प्रदूषण अन्त्य भएको दाबी गर्नु भयो । नयाँ–नयाँ प्रविधिको प्रयोगले प्रदूषण घटेको उहाँले बताउनु भयो । ९० प्रतिशत व्यवसायीहरूले प्रदूषण नहुने उपकरणहरू खरिद गरेर ल्याएको अवालले बताउनु भयो । मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा इँटा व्यवसायी दिलिप बगडियाले फारस ड्रास ‘चिम्नी’ इँटा भट्टामा प्रयोग गरिने भएकोले प्रदूषण नहुने दाबी गर्नु भयो । प्रदेश १ का प्रदेशसभा सदस्य तथा इँटा व्यवसायी लिलम बस्नेतले स्वदेशमा इँटा भट्टामा काम गर्ने मजदुर नभेटेर भारतबाट ल्यानु परेको बताउनु भयो । उहाँले नेपाली मजदुर भेटिए ५० प्रतिशत बढी पारिश्रमिक दिएर राख्न आफूहरु तयार रहेको बताउनु भयो । मोरङ र सुनसरीमा ३३ वटा इँटा कम्पनीका ४३ वटा इँटा उद्योग छन् । प्रत्येक उद्योगमा ३ सय देखि ४ सयसम्म मजदुरहरु कार्यरत छन् । उद्योगमा इँटा पकाउने, बनाउने र ग्रेडीङ गर्ने मुख्य काममा भारतीय मजदुरहरु नै कार्यरत रहेको इँटा व्यवसायी संघ कोसीका अध्यक्ष महेन्द्र साहले बताउनु भयो । स्थानीय तहको कर असुल गर्ने अव्यवस्थित प्रणालीले समेत इँटा उद्योग धराशायी बनेको साहले बताए । उद्योगको लगानी र उत्पादन क्षमता अनुसार कर लगाउनुपर्नेमा स्थानीय तहले आफूखुसी सबै क्षमताका उद्योगलाई एउटै दरको कर लगाएको उहाँले बताउनु भयो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले इँटाको ब्राण्ड चोरी गर्ने समस्याले पनि इँटा व्ययसायी हैरान बनेको बताउनु भयो । प्रदेश २ का केही इटा व्यवयासीहरुले सुनसरी र मोरङका आनन्द, एबीआई र जयनेपाल जस्ता नाम चलेका इँटाहरुको ब्राण्ड चोरी गरेर मोरङ र सुनसरीमै बिक्री गरिरहेको उहाँको भनाइ छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ग्रामीण क्षेत्रको गरिबी निवारण र रोजगारीका लागि इँटा उद्योगले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले विदेशी भन्दा स्वदेशी मजदुरलाई पहिलो प्रथामिकता दिएर रोजगारको वातवरण सिर्जना गरिनुपर्नेमा जोड दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here