Tune to BFM 91.2|Biratnagar

इँटा उद्योगले पालना गर्नुपर्ने नियमका विषयमा अन्तरक्रिया

विराटनगर, १६ मंसिर । मोरङको रंगेलीमा एकीकृत हातेमालो समाज नेपालको आयोजनामा बेटर ब्रिक नेपाल परियोजना तथा स्वास्थ्य मापदण्डको विषयमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।

ग्लोबल फेयरनेस इनिसिएटिभको सहयोग र रंगेली नगरपालिकाको समन्वयमा अन्तरक्रिया सम्पन्न भएको हो ।

रंगेली नगरपालिकाकी उपप्रमुख केशवकुमारी खरालको अध्यक्ष्यता सम्पन्न्न अन्तरक्रियामा बेटर ब्रिक नेपाल परियोजनाले गत सिजनमा सम्पन्न क्रियाकलापका बारेमा परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले सरोकारवालाहरूलाई जानकारी दिनुभयो । परियोजनाले इँटा उद्योगले पालना गर्नुपर्ने कानुनका लागि विभिन्न क्रियाकलापमार्फत धनपालाथान–६ र रंगली–३ स्थित आनन्द इँटा उद्योगलाई सहयोग गरिरहेको छ । अन्तरक्रियामा ताम्राकारले बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको जानकारी दिनुभयो । कोरोना संक्रमणको त्रासको समयमा स्वास्थ्य सावधानी अपनाएर उद्योग सञ्चालनका लागि जारी गरिएको स्वास्थ्य मापदण्डको बारेमा पनि छलफल भएको थियो ।

छलफलमा, उद्योगका कामदार र उनीहरूका बालबालिकाको स्वास्थ्य र शिक्षाको व्यवस्थाका बारेमा चासो प्रकट गरिएको थियो । कार्यक्रममा रंगेली–६ का वडाध्यक्ष्य रुपेश मण्डलले परियोजना अन्य उद्योगमा पनि लागू गर्नुुपर्नेमा जोड दिनुभयो । रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको कार्यक्षेत्र भएको बताउँदै अन्य उद्योगमा पनि कानुनको पालनाका लागि परियोजनाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button