Tune to BFM 91.2|Biratnagar

इटहरीका कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर, ५ मंसिर । इटहरीका कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो ।

उहाँका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो ।

देवका अनुसार मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका वृद्धलाई पछिल्लो समय ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या थपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button