Tune to BFM 91.2|Biratnagar

इटहरीका दुई वटा वडा शिल

विराटनगर, ८ भदौ । कोरोना फैलिएपछि सुनसरीको इटहरी उपमहानगरपालिकाका ६ र ९ नम्वर वडालाई शिल गर्ने निर्णय भएको छ ।

इटहरीका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

उपमहानगरको ६ र ९ नम्वर वडामा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले शिल गर्ने निर्णय गरिएको जनाइएको छ ।

ती वडामा अतिआवश्यक सेवा र पसल बाहेक सबै सेवा र हिँडडुल पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button