इटहरीका सवै वडामा राहत समाग्री
बिराटनगर १८ चैत । सुनसरीको इटहरी उपमहानगरद्धारा इटहरीका २० वटै वडाहरुमा राहत वितरणका लागि खाध्यसमाग्री पठाइएको छ । विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकालागि राहत वितरण गर्न वडाहरुमा खाध्यसमाग्री पठाइएको हो ।
सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत समाग्री वुझाइसकिएको नगरप्रमुख द्धारिकलाल चोैधरीले वताउनुभयो । वडाहरुले विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वडावासी नागरिकको लगत संकलन गरिसकेका छन ।
वितरणका लागि वडा वडामा प्याकेजिडका कार्य सकेपछि ब्यवस्थित तरिकाले वितरण गरिने भएको छ । लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन राहत वितरण थालिएको प्रमुख चौधरीले वताउनुभयो । इटहरीमा १० हजार वढिलाई राहत वितरण गर्ने तयारी छ ।