Tune to BFM 91.2|Biratnagar

इटहरीको दुई वटा वडा सिल गर्ने निर्णय


विराटनगर, ६ जेठ । सुनसरीको इटहरी वडा नम्वर २ का एक जना युवकमा कोरोना संक्रमण देखिएपछि वडा नम्वर दुई र सँगै जोडिएको वडा नम्वर ३ शिल गर्ने निर्णय गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा आज वसेको वैठकले दुई वटा वडा आगामी जेठ ११ गतेसम्मका लागि शिल गर्ने निर्णय गरेको हो । वडा शिल गरेर संक्रमित युवक, युवकको परिवार र उनको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

वैठकले इटहरी उपमहानगरभित्रका औषधी पसल वाहेकका सवै पसल र आवत जावत वन्द गर्ने निर्णय समेत गरेको छ । घरैमा वसेर लकडाउनको पूर्ण पालना गरि कोरोना नियन्त्रणको अभियानमा सहयोग पुरयाउन नगरवासीमा उपमहानगरले आग्रह गरेको छ ।

यसैबिच संक्रमित युवकले इटहरीको एक क्लिनिकमा पनि उपचार गराएको पाइएकाले नौ जना स्वास्थ्यकर्मीको स्वाव संकलन गरि पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button