Tune to BFM 91.2|Biratnagar

इटहरीको वजेट अहिलेसम्मकै उत्कृष्ठ : नगरसभा सदस्य

विराटनगर २१ असार । सुनसरीको इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरको आगामी आर्थिक वर्षको वजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ठ रहेको वताएका छन ।

नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोश्रो वैठकमा वोल्दै नगरसभा सदस्य गणेश खत्रीले आर्थिक वर्ष २०७७।७८को वजेट नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ठ र ब्यवस्थित रहेको वताउनुभयो । उहाँले कार्यावन्यनका लागी सवै जुटनुपर्ने वताउनुभयो ।

नगरसभा सदस्य डिक वहादुर राईले वजेट ब्यवहारिक र उत्कृष्ठ रहेको वताउनुभयो । उहाँले वजेटले सवैक्षेत्रलाई सम्वोधन गरेको वताउनुभयो । इटहरी चौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौकनै राख्न जनताले माग गरेको वताउनुभयो ।

अर्का सदस्य कर्ण वहादुर पौडेलले इटहरीमा प्रमुख प्रशाशकीय अघिकृत चाडै परिवर्तन हुदाँ समस्या हुने गरेको वताउनुभयो । उहाँले भन्नुभयो “प्रमुख प्रशासकीय अघिकृत वस्ने भवननै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन ।

”नगरसभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालुआर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि वहुवर्षे योजना संचालन गर्न लागेकोमा खुशी प्रकट गर्नुभयो । वहुवर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उहाँको भनाई छ ।

वैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गर्नुभयो । अर्को वैठक भोली वस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button