इटहरीमा भेटानकप फूटसल प्रतियोगिता हुने

0
60

सुनसरी, २५ भदौ । इटहरीमा भेटानकप फूटसल प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष बडा दशैको अवशरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आगामी अशोज १२ गतेदेखी पूर्वाञ्चल स्तरिय भेटान कप फूटसल हुने भएको हो । एक सातासम्म चल्ने प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १६ वटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष बिकास केसीले जानकारी दिनुभयो । बिजेतालाइ ४० हजार रुपैया नगद सहित शिल्ड तथा उपबिजेतालाइ २० हजार नगद सहित शिल्ड प्रदान गरिने केसीले जानकारी दिनुभयो । सहभागी टिम अझै बढ्ने भएकाले प्रत्येक दिन दुइ वटा खेल खेलाइने बताइएको छ । प्रत्येक बर्ष दशैमा बिभिन्न सास्कृतिक कार्यक्रम र फूटबल गराउदै आएको क्लबले फूटसलमा देखिएको बढ्दो क्रेजलाइ मध्यनजर गर्दै यस बर्ष भेटान कप फूटसल गर्न लागिएको क्लबका अध्यक्ष केसीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here