Tune to BFM 91.2|Biratnagar

इटहरी अस्पतालमा कोरोना परीक्षण सुरु

विराटनगर २ बैशाख ।सुनसरीको इटहरी अस्पतालमा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु गरिएको छ ।

इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेश वाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिदै छ । आज करिव सयजनाको परीक्षण गरिने बताईएको छ ।

बिहान गरीएको २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ । द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । परिक्षणले एण्टीबडी देखाए पोजेटिभ नदेखाए नेगेटिभ हुन्छ । हाम्रो शरीरमा कुनै भाइरस प्रबेश गरेपछि शरीरले त्यस्ता संक्रमण सँग लडन प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ ।

आरडिटि परीक्षणमा पोजेटिभ देखाए पिसिआर विधीले पून नमूना जाँच गरिन्छ । पिसिआर बिधीले नमूना जांच्दा ब्यक्तिमा भाइरसको संक्रमण भए नभएको पत्ता लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button