इण्डोनेसियामा परकम्प जाने क्रम जारी

0
105

काठमाण्डौं, १४ असोज । इण्डोनेसियाको सुलावेसीमा गएको ७ दशमलभ ५ म्याग्निच्युडको भुकम्पको परकम्प जाने क्रम जारी छ । भुकम्पका कारण ४ सय ८ जनाको मृत्यु भएको छ भने ५ सय घाइते भएका छन् । कयौं अझै हराइरहेकाको खोजी र उद्धार कार्य तीव्र पारिएको बीबीसीले उल्लेख गरेको छ । अस्पताल समेत भत्किएकाले सडकमा टेन्ट टाँगेर उपचार भइरहेको छ । पालुस्थित विमानस्थलबाट विमानको सफल अवतरण र उडानमा खटिएका एक ट्राफिक कन्ट्रोलरको समेत भुकम्पका कारण मृत्यु भएको छ । अस्तव्यस्त अवस्थाका कारण क्षतिको यकिन विवरण अझै प्राप्त हुन सकेको छैन । सरकारले घरभित्र नबस्न भनेकाले हजारौं मानिस सडकमा बस्न बाध्य छन् । भुकम्पको उच्च जोखिम रहेको इण्डोनसीयामा भुकम्प पछिको सुनामीमा परि सन् २००४ मा १ लाख २० हजारले ज्यान गुमाएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here