Tune to BFM 91.2|Biratnagar

इनरुवा नगरपालिकालाई कबिन इन्टरनेशनल प्रालि को सहयोग

बिराटनगर २३ चैत । कबिन इन्टरनेशनल प्रालि, विराटनगरले सुनसरीको इनरुवा नगरपालिकालाई ५ हजार केजी चामल प्रदान गरेको छ । आज एक कार्यक्रमका बिच इन्टरनेशनल प्रालिले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई सो चामल हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण र जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेका गरिब, असहाय र बिपन्नलाई राहत प्रदान गर्न सो प्रालिले चामल वितरण गरेको जानकारी दिएको छ । प्रालिका सञ्चालक युवा ब्यवसायी कबिन श्रेष्ठले नगरप्रमुख मेहतालाई सो चामल हस्तान्तरण गर्नुभएको हो ।

उहा लामो समयदेखि विराटनगरमा रहेर ब्यापार, ब्यवसायका साथै सामाजिक कार्यमा सक्रिय हुँदै आउनु भएकोछ ।‘विराटनगर लगायतका अन्य स्थानमा अन्य धेरैले सहयोग गर्दै आएपनि आफ्नै गृहनगरमा लकडाउनले गर्दा गरिब र बिपन्न भोकै रहेकोले आफुले सहयोग गरेको श्रेष्ठले बताउनु भयो ।

उहाले बर्तमान परिस्थिमा सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाले यो बिपद्को समयमा अन्य केही सहयोग गर्नुपरेमा इनरुवा नगरपालिकासँग आफ्नो कम्पनी सहकार्य गर्न तयार रहेको समेत जानकारी दिनुभयो ।

इन्टरनेशनलले प्रदान गरेको चामल इनरुवा नगरपालिकाले गरिब, बिपन्न र खान समस्या परेकाहरुलाई बाँड्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button