इन्जीनियर कप टेवल टेनिस प्रतियोगिता

0
130

विराटनगर, ४ फागुन । विराटनगरमा आज एक दिने इन्जीनियर कप टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । शालिमार सिमेन्टको आयोजनामा भएको प्रतियोगितामा उपकार श्रेष्ठ विजयी भएका छन् । उनले सुबर्ण भट्टराईलाई ३–० को सेटमा पराजित गरे । प्रतियोगितामा पुरुषोत्तम बगाले र गणेश राय तेश्रो भए । प्रतियोगिताको उद्घाटन पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले गर्नु भएको थियो । प्रतियोगिताका विजेताहरुलाई शालिमार सिमेन्टका व्यवस्थापक राकेश नाटा, टेवल टेनिस संघका केन्द्रिय सदस्य अनुज बानियाँ, प्रशिक्षक शिवनारायण श्रेष्ठ, टेवल टेनिस संघ मोरङका अध्यक्ष रोशन दत्त लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा १६ जना इन्जिनियरहरुको सहभागिता रहेको थियो । यसैविच शालिमार सिमेन्टले काठमाण्डौंमा हालै सम्पन्न टेवलटेनिसको जुनियर प्रतियोगिताको च्याम्पीयन भएका रेहान्त वस्नेतलाई पनि सम्मान गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here