इन्डो नेपाल बल ब्याडमिन्टन शुरु

0
169

विराटनगर, २२ माघ । बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएकोछ । विराटनगर ९ मा रहेको मदरटेरेसा स्कूलको खेलमैदानमा शुरु भएको प्रतियोगिता माघ २४ गते सम्म सञ्चालन हुनेछ । नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी १ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै दुई देशीय सम्बन्धलाई अझ दरो बनाउनकालागि यस्ताखालका प्रतियोगिताले अझ बल पु¥याउँने बताउनुभयो । कार्यक्रमका अध्यक्ष संजयकुमार यादवले विद्यार्थीहरुलाई खेलको माध्यमबाट आपसी आत्मीयता, अनुशासन र नयाँ खेलका प्राबिधीक पक्षको ज्ञानका लागि यस्ताखालका प्रतियोगिताहरुको आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु सञ्चालन हुने बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालका महासचिव अमिष रेग्मीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here