इमोमार्फत ठगी गर्ने पक्राउ

0
119

विराटनगर, ३० जेठ । इमो मार्फत चिठ्ठा परेको भन्दै ठगि गरेको आरोपमा दुइ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । घटनाबारे जानकारी दिदैं मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विराटनगर महानगर ११ का निरज मरिक र मोरङको धनपालथान गाँउपालिकाका श्रवण मलहालाई ठगि आरोपमा पक्राउ गरिएको जानकारी दिनु भयो । दुवैको मिलोमतोमा २०७५ साल पुस १५ गते इलाम माई नगरपालिकाका पासाङ शेर्पालाई इमो मार्फत म्यासेज पठाएर चिठ्ठा परेको जानकारी गराएका थिए । पच्चीस लाख रुपैयाँ चिठ्ठा परेको भन्दै विभिन्न बहानामा शेर्पाबाट दुवैले १ लाख २० रुपैया ठगि गरेका थिए । चिठ्ठा परेको खबरसँगै दुवैले शेर्पालाई पहिलोचरणमा दस्तुर रकम ४५ हजार र कम्प्युटर लक लागेको भन्दै ७५ हजार माग गरेका थिए । सो रकम शेर्पाले खातामा जम्मा गरेपछि दुवैजना सम्पर्कविहीन हुँदै आएका थिए । उक्त रकम पठाउनका लागि ग्लोबल आइ.एम.ई बैंकको खाता नम्बर उपलब्ध गराउने २३ वर्षिय मरिकलाई हिजो पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनु भयो । त्यसैगरि, ३६ वर्षिय मलहालाई उपलब्ध खातामा रकम पठाउन लगाउने ब्यक्तिको रुपमा प्रहरीले पक्राउ गरेको हो । सोही क्रममा पीडित शेर्पाको उजुरीको आधारमा दुवैलाई प्रहरीले पक्राउ गरेको हो । मलहालाई गतवर्ष पुसमा पनि विराटनगरस्थित हाटखोला चौकबाट इमो मार्फत ३० हजार रुपैयाँ ठगि गरेको आरोपमा पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी माघमा २ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here