इयूसँगको सम्बन्ध विच्छेदपछिको अवस्थाका लागि तयार सम्झौता समेटिएको मस्यौदा संसदमा पेश

0
112

काठमाण्डौं, १ माघ । युरोपियन युनियनसँग सम्बन्ध विच्छेदपछिको अवस्थाका लागि तयार सम्झौता समेटिएको मस्यौदा आज बेलायती संसदमा पेश हुँदैछ । संसदमा पेश हुने मस्यौदा विपक्षी सहयोग विना पारित हुने सम्भावना न्युन रहेकाले मुलुकको हितको पक्षमा मतदान गर्न बेलायती प्रधानमन्त्री टेरेसा मेले आग्रह गर्नुभएको छ । अयारल्याण्डसँगको सिमाका विषयमा केही संशोधन गरिएकाले पुनर्विचार गर्न मे ले विपक्ष लेबर पार्टीलाई आग्रह गर्नुभएको छ । विना सम्झौता युरोपियन युनियनबाट बाहिरिए, उत्पन्न हुने अवस्था बारे प्रधानमन्त्री मेले डर मात्रै देखाएको विपक्षी दलले आरोप लगाएका छन् । प्रस्ताव माथि छलफल पछि मतदान हुनेछ । आगामी मार्च २९ बाट बेलायत युरोपियन युनियनबाट छुट्टिदैछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here