इरानसँग विना शर्त जुनसुकै बेला वार्ता गर्न तयार छुः ट्रम्प

0
60

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् । ट्रम्पले विना शर्त जुनसुकै बेला छलफल गर्न तयार रहेको भन्दै वार्ताको आह्वान गरेका हुन् ।जुलाईको शुरुतिर अमेरिका र इरानको सम्बन्धमा एकाएक चिसोपना आएको थियो । ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए ।सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।इरानका गतिविधिलाई लिएर सशंकित हुँदै आएका ट्रम्पबाट एकाएक आएको वार्ताको प्रस्तावलाई धेरैले अनपेक्षित परिघटनाका रुपमा विश्लेषण गरेका छन् ।वार्ताका लागि ट्रम्पले गरेको आग्रह सकारात्मक भएको प्रतिक्रिया इरानले दिएको छ । तर उसले केही शर्तहरु राख्नसक्ने छनक दिएको छ ।ट्रम्पको प्रस्तावलगत्तै रुहानीका एक सल्लाहकारले ट्वीट गर्दै इरान राष्ट्रको अधिकारको सम्मानसँगै पारमाणविक सम्झौताबाट फर्केमा वार्ताको बाटो खुल्ने बताएका छन् । अमेरिका र इरानबीच ३९ वर्षदेखि शीर्ष तहमा छलफल हुन सकेको छैन । दुई देशबीच वार्ताको वातावरण बनेमा सन् १९७९ को इरानी क्रान्तिपछि पहिलोपटक भेटवार्ताको अवसर जुर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here