इलाममा नसर्ने रोग बढ्दै

0
92

इलाम ३० चैत,इलाममा नसर्ने रोग बढ्दै गएको पाइएको छ । इलाम नगरपालिकााम आयोजित नसर्ने रोगको अभिमुखीकरण कार्यक्रममा पहाडी जिल्ला इलाममा मधुमेह, मुटु, क्यान्सर, मोटोपन जस्ता रोग बढ्दै गएको तथ्याकं सार्वजनिक गरिएको छ । मोटोपन भएकाहरु नसर्ने रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मोटोपन नसर्ने रोगको प्रमुख कारक रहेको डा. फिपराज विश्वकर्माले बताउनु भयो । निस्कृय जीवनशैली, अस्वस्थ्य खानपान, हानिकारक तहसम्म मदिराको प्रयोग, धुमपान र सूर्तिजन्य बस्तुको सेवनले नसर्ने रोगमहामारीको रुपमा बढिरहेको चिकित्सकले बताएका छन् । मदिरा र धुमपान गर्नेको संख्या बढ्दै गएकाले नसर्ने रोगको जोखिम उत्तिकै बढिरहेको चिकित्सकले बताएका छन् । औषत १७ दशमलव चार प्रतिशतले नियमित मदिराको सेवन गर्ने गरेको डा. विश्वकर्माले जानकारी दिनुभयो । त्यसमा पनि नियमित मदिरा पिउने पुरुषको संख्या २८ प्रतिशत भन्दा बढि छ । त्यस्तै ४९ प्रतिशत मानिसले दैनिक चुरोट प्रयोग गर्ने गरेका छन् । देशभरमा ६० प्रतिशत मृत्युदर नसर्ने रोगका कारण हुने चिकित्सकले जनाएका छन् । त्यसमा २२ प्रतिशत मुटु तथा रक्तनली सम्बन्धि रोगले, १३ प्रतिशत स्वासप्रस्वास सम्बन्धी रोगले, आठ प्रतिशत क्यान्सर, तीन प्रतिशत मधुमेहका कारण मृत्यु हुने गरेको छ । औषतमा चार प्रतिशतको मृत्यु मधुमेहका कारण हुनेभएपनि इलाममा भने औषत मृत्युदर भन्दा बढि मधुमेहका कारणले हुने एक तथ्याङ्कले देखाएको छ । स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्यनमा इलाममा १३ प्रतिशतमा मधुमेह छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here