Tune to BFM 91.2|Biratnagar

इलाममा होडिङ बोर्डहरु हटाउन शुरु


इलाम, १८ कात्तिक । इलाम नगरपालिकाका विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरले जनाएको छ । नगर क्षेत्रमा प्रदुषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो ।

इलाम नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा बार्षिक पाँच लाख दश हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको थियो ।

तर विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी, वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेट अनुसार कर नबुझाएपछि यस्ता विज्ञापनयुक्त होडिड. बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button