Tune to BFM 91.2|Biratnagar

इस्लामिक संघको सचेतनामुलक कार्यक्रम

विराटनगर, १६ साउन । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि इस्लामिक संघ प्रदेश १ ले सचेतनामुलक कार्यक्रम गरेको छ ।

संघले आज विराटनगर ६ का विभिन्न ठाउँमा कोरोनाबाट बच्ने संदेशमुलक व्यानर राखेर कोरोना संक्रमणबाट बच्नका सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सरसफाईनमा ध्यान दिन आग्रह गरेको छ ।

विराटनगरका ५ स्थानमा सावुन पानीको समेत व्यवस्था गरिएको छ । सो अवसरमा ३ सय थान मास्क समेत वितरण गरिएको संघले जनाएको छ । कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढदै गएको वेला समुदायमा जनचेतना जगाउन कार्यक्रम गरिएको इस्लामिक संघका मोरङ अध्यक्ष निजामुद्धिन अन्सारीले बताउनुभयो ।

मोरङको बुढीगंगा ४ मा समेत जनचेतनाका लागि सन्देशमुलक व्यानर र साबुन पानीको प्रवन्ध मिलाउने अन्सारीले बताउनुभयो । उहाँले ५ वटा क्वारेन्टाइनमा खाद्यान्यका साथै सेनिटाइजर वितरण गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button