इस्लामी संघ शैक्षिक जागरण अभियान आजबाट समापन

0
193

विराटनगर, २६ चैत । इस्लामी संघ नेपालले सञ्चालन गरेको देशव्यापी शैक्षिक जागरण अभियान आजबाट समापन भएको छ । देशब्यापी रुपमा आयोजना गरिएको अभियान प्रदेश एकमा समेत सञ्चालन गरिएको थियो । सो क्रममा एकसातासम्म प्रदेशका विभिन्न स्थानमा शैक्षिक जागरणको अभियान संचालन गरिएको थियो । विराटनगर–६ स्थित इस्लामी संघ नेपालमा आज शिक्षाको महत्व र समाजमा यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम गर्दै साताव्यापी अभियान समापन गरिएको छ । प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले अति निम्न वर्गका विद्यार्थीले अध्ययन गर्ने विद्यालयका रुपमा चिनिने सामुदायिक विद्यालयको शिक्षास्तरलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले त्यसको सकारात्मक परिणामका रुपमा विराटनगरसहितका केही सामुदायिक विद्यालयमा भर्नाका निम्ति देखिएको विद्यार्थीको चापलाई लिन सकिने बताउनुभयो । मन्त्री घिमिरेले मुस्लिम समुदायलाई राज्यको मुल प्रवाहीकरणमा ल्याउन समयसापेक्ष शिक्षामा समेत जोड दिनुभयो । कार्यक्रममा आयोजक संस्थाका केन्द्रीय अध्यक्ष खुर्शीद आलम र प्रदेश अध्यक्ष जुल्फिकार अली लगायतले राजनितिक दलहरुले मुस्लिम समुदायलाई भोट बैकका रुपमा मात्र प्रयोग गर्ने गरेको गुनासो गर्नुभयो । उहाँहरुले मुस्लिम समुदायलाई मुल प्रवाहीकरणमा ल्याउन सरकारले बिशेष योजना ल्यानुपर्ने बताउनुभयो । चैत २० गतेबाट साताव्यापीरुपमा चलाइएको अभियानअन्तर्गत समुदायका नेतृत्वसँग भेटघाट, शिक्षासम्बन्धी भाषण प्रवचन र महिला लक्षित बिशेष कार्यक्रम गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here