Tune to BFM 91.2|Biratnagar

ईटा उद्योग वालश्रममुुक्त हुुनुुपर्छ : मन्त्री कुसियत

विराटनगर २३ फागुन । प्रदेस न १ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुुसीयतले सवै ईट्टाभट्टा उद्योग वालश्रममुुक्त हुुनुुपर्ने वताउनुु भएको छ । वालश्रम मुुक्त ईट्टा उद्योगलाई विराटनगरमा आज सम्मान गर्नुुहुुर्दै उहाँले नेपालको अर्थतन्त्रमा ईटा उद्योगको भूमिका महत्वपुुर्ण रहेको वताउनुुभयो ।

वालवालिका भविष्यका कर्णाधार भएकाले ईट्टा उद्योगमात्र होइन कुुनैपनि उद्योगमा वालमजदुुर प्रयोग गर्न नहुुनेमा उहाले जोड दिनुुभयो । प्रदेश नं. १ को उद्योगलाई वढवा दिन प्रदेश सरकारले उद्योगमैत्री नीति ल्याउन लागेको उहाले वताउनुुभयो ।

मन्त्री कुुसीयतले प्रदेश सरकारले विद्युुत, सडक तथा विकास निर्माणका पुुर्वाधार निर्माणका लागि ठुुलो वजेट लगानी गरेको भन्दै केहि वर्षमा नेपाली जनताले परिवर्तनको अनुुभुुती गर्ने वताउनुुभयो । कार्यक्रममा हातेमालो समाजका अध्यक्ष डिल्लीराम गिरीले सकारात्मक सोचका साथ मुुलुुक वनाउने अभियानमा सवै लाग्नुुपर्ने वताउनुुभयो ।

कार्यक्रमा ग्लोवल फेयरनेस इनिसिएटिभका कार्यकारी निर्देशक सुुरेश पण्डित, कोशी इट्टा व्यवसायी संघका अध्यक्ष महेन्द्र साह, पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेल, हातेमालो समाजका प्रमुख कार्यकारी अधिकृत शंकर विमलीले वाल श्रममुुक्त उद्योग वनाउने अभियानमा सवै लाग्नुुपर्नेमा जोड दिनुुभयो ।

सो अवसरमा वालश्रम मुुक्त उखेगको रुपमा रहेको आनन्द ईट्टा उद्योगका दुुइवटा उद्योगलाई सम्मान गरिएको थियो । उद्योगका निर्दैशक अशोक वगडियालाई मन्त्री कुुसीयतले कदरपत्रद्धारा सम्मान गर्नु भएको थियो ।

हातेमालो समाजले देशका ११ जिल्लाका ४० वटा इट्टा उद्योगमा बालश्रम मुक्तका लागि वेटर व्रिक परियोजना सञ्चालन गरिरहेको छ । सो क्रममा मोरंगको धनपालथान ६ र रंगेली ३ मा रहेको आनन्द ईट्टा उद्योगलाई आज बालश्रम मुक्त घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button