ईपीएलमा विराटनगरको रोमान्चक जित, सुपर ओभरमा पोखरा पराजित

0
226

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पारेको छ ।कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित र्गयो ।खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाउन सकेपछि स्कोर बरबरी भयो ।यसपछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो ।जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकबिहिन अवस्थामा छ ।ईपिएल क्रिकेटमा आजै हुने दोस्रो खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाईगर्सले सरद भेषावकरको भैरहवा ग्ल्याडिएटर्ससँग खेल्दैछ ।्रतियोगितामा लगातार दुई खेल हारेको चितवन आज पहिलो जितको खोजीमा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here