ईपीएल टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदै

0
238

बिराटनगर २२ मंसिर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ ।घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज दिउँसो १ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्ने छन् ।पारस खड्काको विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का नेतृत्वको विराटनगरले गतवर्ष शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै उपाति जितेको थियो ।कप्तान पारसले यस पटक पनि आफूहरुले उपाधि रक्षाकै लागि खेल्ने दाबी गरेका छन् ।गत वर्ष क्वालिफायरमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको ललितपुुरले पनि उपाधि दाबी गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here