ईमानमा नयाँ नेतृत्व चयन

0
55

विराटनगर, २२ पुष । नेपाल शैक्षिक बजार ब्यवस्थापन संघ (इमान ) को पहिलो राष्ट्रिय महाधिवेशनले नरेन्द्रकुमार केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विराटनगरमा गएराती सम्पन्न महाधिवेशनले १६ जनाको कार्यसमिती सर्वसहमती मा निर्वाचित गरेको हो । कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा मोरङका माधवप्रसाद खतिवडा, उपाध्यक्षहरुमा क्रमशः सुनसरी का अर्जुन गिरी, सिरहाका महेश महतो र काठमाडौका श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छ्न । महासचिवमा झापाका मिलन श्रेष्ठ, कोषाध्यक्षमा मोरङका भरत श्रेष्ठ, सचिवमा झापाका प्रेम अधिकारी र सह कोषाध्यक्षमा सुनसरीका दिलकुमार पुरी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा, झापाका जीवन काफ्ले, नारायण सुबेदी, सुनसरीका रन्जन भट्टराई, मोरङका वसन्त कार्की , डम्बर बुढाथोकी, सिरहाका दिपक ढकाल र ललितपुरका उद्दव घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २०७१ मा विभिन्न पब्लिकेसन्सको शैक्षिक सामाग्री को बजार ब्यवस्थापन गर्नेहरु संगठित भइ ईमान गठन भएको थियो । गत मंसिर २७ मा मोरङमा दर्ता भएको इमानमा देशभरका २८५ जना सदस्य रहेको बरिस्ठ उपाध्यक्ष माधवप्रसाद खतिवडाले बतानुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here