Tune to BFM 91.2|Biratnagar

उच्च अदालतको प्रगति सार्वजनिक

विराटनगर, २२ साउन । उच्च अदालत विराटनगर धनकुटा इजालसले आर्थिक वर्ष २०७६÷७७ को लक्ष्य र भएको प्रगति सार्वजनिक गरेको छ ।

धनकुटामा पत्रकार भेटघाट गर्दै इजलासले आर्थिक बर्ष ०७६/७७ को लक्ष्य र भएको प्रगति सार्वजनीक गरेको हो । जिम्मेवारी सरेका ८८ नयाँ दर्ता २०७ मध्ये २ सय २३ अर्थात ७५.५९ प्रतिशत मुद्दा फछर्यौट भएको इजालसका रजिस्टार शम्भुप्रसाद बरालले जानकारी दिनुभयो ।

त्यस्तै निवेदन प्रतिवेवनतर्फ भने लक्ष्य र प्रगती शतप्रतिशत रहेको रजिस्टार बरालले जानकारी दिनुभयो । त्यस्तै आर्थिक बर्ष ०७७/७८ को लक्ष्य निर्धारणको अनुमानसमेत सार्वजनिक गरेको छ ।

जसअनुसार नयाँ दर्ता अनुमान ३ सय २६ र मुद्दा फछर्यौट अनुमान २ सय ३५ गरिएको छ भने निवेदन तथा प्रतिवेदन ४७ मा सबै फछर्यौट गर्ने अनुमान गरिएको इजलासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button