उत्तर कोरियाले नयाँ ब्यालेष्टिक मिसाइलको काम गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुको दावी

0
137

उत्तर कोरिया र अमेरिकाबीच सम्बन्धमा सुधार भइरहेका बेला अमेरिकी सञ्चारमाध्यमहरुले भने उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दाबी गरेका छन् ।अमेरिकाको वासिङटन पोष्टलाई एक जना अमेरिकी अधिकारीले गुप्तचरी स्याटलाईटले प्योङयाङ नजिकको सानुम्डोङ ब्यालेष्टिक मिसाइल उत्पादन गर्ने क्षेत्रमा नियमित गतिविधि भैरहेको जानकारी दिएका थिए ।तर यो प्रक्रिया कति अगाडि बढिरहेको छ भन्नेबारे भने स्पष्ट नभएको बताइएको छ ।गत जुनमा सिंगापुर शिखर वाता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति भएको थियो ।वार्तापछि ट्रम्पले उत्तर कोरिया अब आणविक चुनौति नभएको बताउनु भएको थियो ।उत्तर कोरियाले पछिल्लो ९ महिना यता कुनै पनि आणविक परिक्षण गरेको छैन भने केही परीक्षण स्थल नष्ट गरेको दाबीसमेत गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here