Tune to BFM 91.2|Biratnagar

उदयपुरको भुल्केमा चिकित्सक टोली

विराटनगर, ७ वैशाख । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा वृहद कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने काम सुरु भएको छ ।

काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरमा आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलनको कार्य गरिरहेको छ ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीको पहल र समन्वयमा करिव २ सय जनाको स्वाब संकलन गरी आजै काठमाण्डौ लैजाने तयारी भएको छ । त्यसका लागि संक्रमणको उच्च जोखिममा परेका व्यक्तिहरुलाई भेला गरेर चौरमा राखिएको छ ।

भुल्केको एउटा मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँ सिलबन्दी गरेर परीक्षण कार्यलाई सरकारले तिब्र बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button