Tune to BFM 91.2|Biratnagar

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण भेटियो

विराटनगर, १० वैशाख । उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाका अनुसार संक्रमित २४, ६० र ७२ वर्षका पुरुष छन् । संक्रमित तीनै जनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ल्याईएको छ । प्रदेश १ मा अहिले सम्म देखिएका २७ जना संक्रमितको उपचार विराटनगरमा भईरहेको छ ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । यसैबीच आज तीन जना डिस्चार्ज भएका छन् । टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती अस्पतालबाट २४ र ४० वर्षीय पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button