Tune to BFM 91.2|Biratnagar

उदयपुरमा बसेका ८ भारतीयमा कोरोना भएको आशंका

विराटनगर, ५ वैशाख । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भएको आशंका गरिएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको श्रोतको भनाई छ । भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको बताएपनि औपचारिक पुष्टि हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button