Tune to BFM 91.2|Biratnagar

उदयपुर र सप्तरीमा चट्याङ लागेर पाच जनाको मृत्यु

विराटनगर, ११ असार । उदयपुर र सप्तरीमा आज पानी संगैपरेको चट्याङ लागेर पाच जनाको ज्यान गएको छ ।

उदयपुर जिल्लामा आज परेको अबिरल वर्षादसंगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार आज बिहान त्रियुगा नगरपालिका–१३ असारी बस्ने बर्ष ४५ का कानन चौधरीलाई आफ्नै खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको हो ।

घाइते चौधरीको उदयपुर जिल्ला अस्पतालमा उचचारको क्रममा मृत्यु भएको हो । सोही वडाको भातिखर्क बस्ने ३१ बर्षीया महिलालाई पनि खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि जिल्ला अस्पताल उदयपुरमा उपचारत छिन ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ ।त्यस्तै जोगिपोखरी बस्ने बर्ष ६१ कि तीर्थमाया मगरलाई आफ्नै बङ्गुर फारममा काम गरि रहेको समयमा चट्याङमा परेकी हुन । उनको करिब एक लाख रुपैंयाँ बराबरको छ वटा बङ्गुर मरेको छ भने घाइते मगरको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक गोबिन्द पुरिले जानकारी दिनुभयो ।

यसैबिच सप्तरीमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । आज बिहान वर्षासँगै परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए ।यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ लागेर मृत्यु भएको छ ।

घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् ।

घरमा काम गरिरहेको अवस्थामा चट्याङले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button