Tune to BFM 91.2|Biratnagar

उद्योगी राउतद्वारा ११ लाख सहयोगगर्ने घोषणा

बिराटनगर ११ चैत । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले कोरोना भाइरसको संक्रमण रोकथामका बन्ने उपचार कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले छुट्टै कोष स्थापना गर्ने तयारी गरेपछि उद्योगी राउतले कोषमा आफ्नोतर्फबाट ११ लाख रुपैयाँ सहयोग उपलव्ध गराउने घोषणा गर्नुभएको हो ।

संकटको बेला भइपरि आउने अवस्थामा सरकारलाई मद्दत होस भनेर सहयोग गरेको राउतले बताउनुभयो । राउत कन्ट्रक्सनको तर्फबाट उद्योगी राउतले प्रदेश १ मा रहेका २३ वटा उद्योग वाणिज्य महासंघका शाखाहरुलाई ५/५ सय थान मास्क र ५/५ लिटरका दरले स्यानिटाइजर उपलव्ध गराउने पनि बनाउनुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न निर्णयहरु गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button