Tune to BFM 91.2|Biratnagar

उद्योग राज्यमन्त्री मोतीलाल दुगडको नयाँ उद्योगको लगानी स्वीकृत

विराटनगर २६ जेठ । लकडाउनको अवधिमा उद्योग राज्यमन्त्री मोतीलाल दुगडको नयाँ उद्योगको लगानी स्वीकृत भएको छ । उद्योग विभागले जेठ २१ गते उनको दुगड इडिवल्स प्रालिले लगानीका लागि स्वीकृति पाएको हो ।

दुगड ग्रुप अन्तर्गत विभिन्न खाद्य उद्योगमा लगानी गरिरहेका उनले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं १ मा नयाँ उद्योग स्थापना गर्दैछन । कम्पनीको कुल लागत १५ करोड रुपैयाँ छ । उद्योगले ९० जनाभन्दा बढीलाई रोजगारी दिने लक्ष्य राखेको छ । यो उद्योगका लागि १०० केभिए प्रसारण क्षमताको विद्युत आवश्यक पर्नेछ ।

लकडाउनकै अवधिमा विभागले दुई वटा विदेशी लगानी समेत स्वीकृत गरेको छ । झुफेङ कंक्रिट एडमिक्चर्स प्रालिको पाँच करोड लगानी स्वीकृत भएको छ । यो उद्योग सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा स्थापना हुनेछ । यो उद्योगले कंक्रिट वाटर रिड्युसर ४५ सय टन र कंक्रिट एसेलेरेक्टर ७५ सय टन उत्पादन गर्नेछ ।

यो उद्योगले ३० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ । ग्लोबल इनर्जी एण्ड कन्सट्रक्सन प्रालिले ७९ करोड लगानी स्वीकृत गराएको छ । ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको यो उद्योगबाट ४५ जनाले रोजगारी प्राप्त गर्नेछन्। यो उद्योग सुनसरी जिल्लामा स्थापना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button