उद्योग वाणिज्य संघ बेलबारीको सहयोग
विराटनगर १ बैशाख । मोरङको बेलबारी नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा उद्योग वाणिज्य संघ बेलबारीले १ हजार किलो चामल उपलव्ध गराएको छ ।
नगरपालिकाले एकद्घार प्रणालीबाट राहत वितरण गर्न थालेसँगै व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ बेलबारीले उक्त परिमाण बराबरको चामल उपलब्ध गराएको हो ।
लकडाउनका कारणले गर्दा रोजिरोटी गुमाएका गरिब तथा विपन्न परिवारलाई सहयोग पुगोस् भनेर संघले १ हजार किलो चामल राहत कोषमा जम्मा गरेको वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्कीले बताउनुभयो ।