Tune to BFM 91.2|Biratnagar

उपचारका लागि उचित वातावरणको आवस्यकता : डा. कार्की

बिराटनगर २४ चैत । कोरोना भाईरसका शंकास्पद विरामीको उपचारका लागि उचित वातावरणको आवस्यक रहेकोमा जोड दिईएको छ ।

शंकास्पद व्यक्तिको उपचार सुरक्षित तवरले गर्नुपर्ने भएकाले संवन्धित निकायको ध्यान जान जरुरी भएको विराट मेडिकल कलेज टिचिङ अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताउनुभयो ।

स्वास्थ्यकर्मी पनि सचेत भएर काम गर्नुपर्ने वेला भएको छ उहाँले भन्नुभयो,‘ संवन्धित निकायले पनि कोरोना भाईरस लक्षण देखिएका व्यक्तिको उपचारको वातावरण बनाउनु पर्दछ ।’ आज विहान वीएफएमसँगको कुराकानीमा उहाँले स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणका कारण उनीहरुको मनोवल गिरेको बताउनुभयो ।

कोरोना भाईरसको त्रास बढेसँगै स्वास्थ्यकर्मीलाई घरवेटी र अन्य व्यक्तिहरुले फरक व्यवहार गरेको प्रति लक्षित गर्दै डा. कार्कीले स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button