Tune to BFM 91.2|Biratnagar

उपचार कोषमा प्रदेश प्रमुखको सहयोग


विराटनगर, ११ चैत । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको उपचार कोषमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले एक महिनाको पारिश्रमिक प्रदान गर्ने हुनु भएको छ ।

कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिना वरावरको पारिश्रमिक जम्मा गर्ने प्रदेश प्रमुखले निर्णय गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार मासिक पारिश्रमिक ६४ हजार हुने व्यवस्था छ ।

विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस ( कोभिड १९) को रोकथाम गर्न सरकारले स्थापना गरेको कोषमा विभिन्न क्षेत्रका व्यक्तिहरुले रकम जम्मा गर्ने जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button