Tune to BFM 91.2|Biratnagar

उपभोग्य वस्तुको कृतिम अभाव सृजना नगर्न मन्त्री दुगडको आग्रह

विराटनगर, ३ चैत । संघिय सरकारका उद्योग वाणिज्य तथा आपुुर्ति राज्यमन्त्री मोती दुुगडले कोरोना भाइरस सक्रमणको त्रास देखाएर दैनिक उपभोग्य वस्तुको क्रृतिम अभाव सृजना नर्गन व्यवसायीलाई आग्रह गर्नुु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रमा उहाले दैनिक उपभोग्य वस्तुु खाध्यान्न, औषधि पेट्रोलिय पदार्थ तथा खाना पकाउने ग्यासको पर्याप्त भण्डारण रहेको वताउनुुभयो ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुुमार विश्वासले कोरोना भाइरसको सक्रमण रोकथामका लागि तिनैतहको सरकारसँग समन्वयगरि प्रदेस सरकारले उच्च सतर्कता अपनाएको वताउनुुभयो ।

नेपाल आयाल निगम प्रदेश नं. १ का निमित्त प्रमुुख चितरञ्जन दासले कार्यालयसंग तत्काल एक हप्तालाई पुुग्ने पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मौज्दात रहेको वताउनुुभयोे । साल्ड ट्रेडिङ कार्यालय विराटनगरका प्रमुुख राधेश्याम चौधरीले ३ लाख ३३ हजार वोरा नुुन तथा २ लाख ७५ हजार वोरा रासायनिक मल तथा साढे चार सय वोरा चिनि कार्यालय संग मौज्याद रहेको वताउनुुभयो ।

कोशी अस्पतालका मेडिकल सुुपरिटेन्डेन डा. संगिता मिश्राले कोरोना भाइरस रोकथामका लागी आज देखी अस्पतालले छुुटै फिभर क्लिनिक संचालनमा ल्याएको र भोलीदेखि तीनवटा आइसोलेसन वेड सञ्चालनाम ल्याउने तयारी भइरहेको जानकारी दिनुुभयो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुुख सञ्जीव कट्टेलले रुघा, खोकी तथा ज्वरोमा प्रयोग हुुने २६ प्रकारका औषधि उत्पादनका लागि पर्याप्त कच्चा पदार्थ मौज्दात रहेकाले औषधिको अभाव नहुुने दावी गर्नुुभयो ।

मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकाले कालोवजारी नियन्त्रण एवं नियमनका लागि प्रभावकारी वजार अनुुगमन थालिने वताउनुुभयो ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, उपभोक्तावादी कृष्णप्रसाद भण्डारी मार्सेली, मोहन भट्टराईलगायतले अनुगमन अभावले बजारमा कालोबजारी र अत्यावश्यक बस्तुको अभाव चुलिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button