उपाधि जिते नेपाली खेलाडीले जनही २ लाख पाउने

0
117

विराटनगर, ८ चैत । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेमा नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पाउने भएका छन् । प्रदेश १ सरकारले खेलाडीलाई हौशला प्रदान गर्न प्रोत्साहन स्वरुप जनही २ लाख रुपैयाँ दिने निर्णय आज विहान गरेको हो । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले सरकारले खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनु भयो । ‘प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ,’ राईले भन्नु भयो, ‘त्यही भएर उपाधि जितेमा नेपाली टिममा आवद्ध खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको हो ।’

मुख्य मन्त्रीका प्रेस सल्लाहकार धु्रब सुवेदीका अनुसार यदी नेपाली टिमले उपाधि रक्षा गर्न नसकेर उपविजेतामै खुम्चिनु पर्ने भयो भने पनि प्रदेश सरकारले प्रोत्साहन बापत नगद पुरस्कार प्रदान गर्ने छ । ‘उपाधि जिते जनही २ लाख रुपैयाँ नेपाली टिममा आवद्ध खेलाडीले पाउने छन्,’ उहाँले भन्नु भयो, ‘यही उपविजेतामै खुम्चिनु पर्ने अवस्था आयो भने पनि जनही १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।’ विराटनगरमा आज विहान बसेको मन्त्रिपरिषद् बैठकको यो निर्णय गरेसँगै खेलाडीको मनोवल थप उच्च भएको नेपाली टिमका प्रशिक्षक हरि खड्काले बताउनु भयो ।

विराटनगरको सहिद रंगशालामा आज दिउँसो ३ बजेबाट नेपाल र भारतबीच पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हुँदैछ । सन् २०१० बाट सुरु साफमा नेपाली टोली अहिलेसम्म चार पटक फाइनल पुगेको छ । चारै पटक भारतसँग भेट भएको हो । यस अघि साफको पहिलो, दोस्रो र तेस्रो संस्करणमा भारतसँगै पराजित भएर उपविजेतामा खुम्चिएको नेपाली टोलीले पाँचौं संस्करणको उपाधि रक्षाका लागि उच्च मनोबलका साथमा मैदानमा उत्रने तयारी गरेको प्रशिक्षक खड्काले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here