उप–निर्वाचनमा कांग्रेस र समाजवादीबीच सहकार्य

0
133

विराटनगर, २७ कात्तिक । मोरङको धनपालथान गाउँपालिकामा मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सहकार्यको घोषणा गरिएको हो । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुवै पार्टी एक भएर निर्वाचनमा होमिने स्पस्ट पार्नु भयो । पत्रकार सम्मेलनका क्रममा सभापति लिम्बूले दुई तिहाइको कम्युनिष्ट सत्ताको दम्भ तोड्न लोकतन्त्रवादी शक्ति हुनुपर्ने आवश्यकता भएको औंल्याउनु भयो । उहाँले कम्युनिष्ट दम्भ तोड्नका लागि समाजवादीको सहकार्यमा धनपालथान– २ मा कांग्रेसका नेता नारायण साहलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको बताउनु भयो । कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले विगतमा भएका कमीकमजोरी सच्याउदै दुवै दल इमान्दारिताका साथ एक भएर निर्वाचनमा प्रस्तुत हुने दाबी गर्नु भयो । यसपटक समाजवादीले कांग्रेसलाई र अर्को निर्वाचनमा कांग्रेसले समाजवादीलाई सहयोग गर्ने दुवै दलबीच सहमति बनेको यादवको भनाइ छ । अर्कोतर्फ, नेकपाले सो क्षेत्रबाट पंकज मण्डललाई उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला सचिव गणेश उप्रेती ‘सुशील’ले जानकारी दिनु भयो । दुवै अध्यक्षका प्रत्यासीले आज नै उम्मेदवारी दर्ता गराउने छन् । जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरकाअनुसार दुईवटा मतदान स्थल रहेको धनपालथान–२ मा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् । वडा अध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि रिक्त रहेको उक्त पदका लागि त्यहाँ आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here