Tune to BFM 91.2|Biratnagar

उर्लाबारी नगरपालिकालाई रोटरी क्लबको सहयोग

विराटनगर, २८ चैत । मोरंग उर्लाबारीको रोटरी क्लब अफ उर्लाबारीले आज उर्लाबारी नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको राहत कोषमा ५१ हजार ९ सय ८० जम्मा गरेको छ ।

नगरपालिकालाई २५ केजीका २० वोरा चामल, १३ केजीका ६ वोरा भुजा, २५ केजीका २ वोरा चना र ३० पाकेट भएका ७१ कार्टुन चाउचाउ नगर प्रमुख खड्ग फागोलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुरेन्द्र सुवेदीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button