एउटै नम्बरका दुई मोटरसाइकल

0
131

पुस,५ विराटनगर । विराटनगरमा आज दिउँसो एउटै नम्बर प्लेटका दुईवटा एभेन्जर मोटरसाइकल भेटिएका छन् । दुबै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि भनेर राखिएका छन् । विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकल नम्बर अर्को मोटरसाइकलमा पनि देखेपछि प्रहरीलाई खवर गर्नु भएको थियो । जोशीले को १६ प ४६१४ नम्बरको एभेन्जर मोटरसाइकल जस्तै अर्को पनि नम्बर मिल्ने मोटरसाइकल फेला परेको हो । विराटनगर ९ हिमालय हल अगाडिबाट अर्को मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा पार्किङ गरिरहेको अवस्थामा मोटरसाइकल फेला परेको हो । मोटरसाइकल कसले पार्किङ गरेको थियो भन्ने बारेमा भने खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘मोटरसाइकल पार्किङ गरेर एक युवा पसलमा छिरेको सम्मको जानकारी पाइयो,’ मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले भन्नु भयो, ‘त्यसपछि खोजी थालिए पनि ती युवालाई फेला पार्न सकिएन ।’ उक्त मोटरसाइकलको खोजी गर्दै साँझ सम्म कोही पनि ट्राफिक कार्यालयमा नआएको उहाँले बताउनु भयो । पोखरेलले दुबै मोटरसाइकलको नम्बर प्लेट मिले पनि इन्जिन र चेसिस नम्बर भने फरक–फरक रहेको जनाउनु भयो । उहाँले यस विषयमा आवश्यक अनुसन्धान थालिसकेको जानकारी दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here