Tune to BFM 91.2|Biratnagar

एकता बद्ध भएर अगाडी बढने औषधी व्यवसायीहरूकोे निर्णय

विराटनगर, २० असार । औषधी व्यवसायमा भएका बिकृति, बिसङगतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर समाजमा स्थापित पेशाको रूपमा अगाडी बढ्न पूर्वका औषधी व्यवसायीहरूले एकता बद्ध भएर अगाडी बढने निर्णय गरेका छन् ।

विराटनगरमा आज भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्ध व्यवसायीहरूले यस्तो निर्णाय गरेका हुन् । तीन जिल्लाका औषधी व्यवसायी संघका पदाधिकारीहरूकोे भेलाले व्यवसायीहरूमा भएको समस्याको समाधान तथा अन्त्य गर्न संयन्त्र पनि बनाएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सिनाले औषधी व्यवसायीको पेशालाई मर्यादित बनाएर नमुना व्यवसायीको रूपमा अब्बल सावित गर्न सबै व्यवसायीहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष रबिन्द्र घिमिरले देशभरीका औषधी व्यवसायीहरू एक ढिका भएर समाजमा स्थापित पेशाको रूपमा व्यवसायीलाई चिनाउन लागि पनुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल औषधी व्यसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले व्यवसायीहरुको समस्याको समाधान गरि औषधीको मुल्यमा एकरूपता कायम गरि अगाडी बढनुपर्ने बताउनुभयो ।

नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएकोले यस क्षेत्रमा भएको बिकृति र विसङगतिहरूको अन्त्य गरि समाजमा मर्यादित पेशाको रूपमा स्थापित गराएर जानुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button