एकापसमा गाभिने भए ग्लोबल आईएमई र जनता बैंक

0
110

काठमाण्डौ २० असार । ग्लोबल आईएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन् । सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ । यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गर्नुभएको थियो ।

वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि राष्ट्र बैंकले बिहीबारसम्मको समयसीमा दिएको थियो । बिहीबार मात्रै विभिन्न सात वाणिज्य बैंकले गाभिनसक्ने विषयमा राष्ट्र बैंकलाई आशयपत्र बुझाएका थिए । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै एकापसमा गाभिने निर्णय दुई बैंकले गरेका हुन् । एकापसमा गाभिने सहमतिपछि रासससँग कुरा गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले सरकारको नीतिअनुसार दुई बैंक एकापसमा मिल्न लागेको जानकारी दिनुभयो । सहमतिअनुसार गाभिएर बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बैंक नै रहनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here