Tune to BFM 91.2|Biratnagar

एकै दिन थपिए २४ संक्रमित,नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

वैशाख ३० काठमाडौं । नेपालमा सोमवार थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या २४ पुगेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सोमवार विहान कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएपछी कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय गरीएको छ ।यससँगै कपिलवस्तुमा मात्र संक्रमितको संख्या २१ पुगेको छ ।

उता रुपन्देहीको सम्मरीमाइ गाउँपालिका– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।संक्रमित मध्ये चार जना सम्मरीमाई र दुई जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् ।

उनीहरू लकडाउनको समयमा लुकिछिपी भारतबाट आएको बताइएको छ । ‘‘सोमबार थपिएका संक्रमितहरु केही दिन अगाडि सुरक्षाकर्मीलाई छलेर भारतबाट आएको पाइएको छ ।’उनीहरुलाई थप उपचारका लागि बुटवलमा रहेको कोरोना बिशेष अस्पताल लगिएको छ ।यस्तै सोमबार नै बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिका र सप्तरीको डाक्नेश्वरी नगरपालिका – ३ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीका संक्रमित युवकसहित १३ जना चितवनबाट हिँडेर वैशाख ९ गते सप्तरी आएका थिए । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको वैशाख २५ गते स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै आइतबार उनीहरुलाई घर पठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button