एक इन्च पनि नेपाली भूमि अरु कसैलाई नदिने : झलनाथ खनाल

0
104

इलाम १८ मंसिर । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमिलाई भारतले अतिक्रमण गरिरहंदा आफूहरुलाई सैह्य नहुने बताउनु भएको छ । आज इलामको सूर्योदय नगर पर्यटन महोत्सवको समापन गर्दै खनालले एक इन्च पनि नेपाली भूमि अरु कसैलाई छोड्न नदिने बताउन भयो । लिपुलेक, कालापानी मात्र नभएर पूर्वी सीमानामा पनि भारतीय पक्षबाट अतिक्रमण बढेको भन्दै खनालले नेपाली भूमीमाथि कसैलाई टाउको उठाउन नदिन नेपाल सरकार र नेपाली आफैं सक्षम रहेको बताउनु भयो । आफ्नै निर्वाचन क्षेत्रमा आइपुग्न भएका नेता खनालले इलाम जिल्लाको छुट्टै सम्भावना रहेको धारणा राख्नु भयो । आर्थिक, कृषि र पर्यटकीय तीनै क्षेत्रमा देशमै अग्रीणी रहेको इलामलाई अझ सुन्दर बनाउन सक्दा पर्यटकहरुको कहिले नि खाँचो नहुने धारणा राख्नुभयो । सूर्योदय नगरपालिाले गत मंसिर १४ गतेदेखि महोत्सव आयोजना गरेको थियो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको महोत्सवमा चारलाख बढी पर्यटक भित्रिएको अननुमान रहेको नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चाले जानकारी दिनभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here