एक दिने “वृत्ति परामर्श तथा रोजगार मेला”

0
120

विराटनगर, चैत ३ गते । रोजगारदाता, कामदार र तालिम प्रदायक निकायलाई एउटै थलोमा उपस्थित गराई स्थानीय उद्योग÷व्यवसायमा स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले यही चैत ५ गते सुनसरीको दुहवी स्थित सरस्वती माध्यमिक विद्यालयमा एक दिने “वृत्ति परामर्श तथा रोजगार मेला” आयोजना हुने भएको छ । उक्त मेलाको बारेमा आयोजक संस्थाहरुले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । दुहवी नगरपालिका, बुढी गँगा गाउँ पालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा हुने उक्त रोजगार मेलामा वेरोजगारहरुको लागत तयार गरी उसको सीप र क्षमताको पहिचान गर्ने र सीप नहुनेलाई आवश्यक तालिम उपलब्ध गराई रोजगारी उपलब्ध गरउने काम हुने मेला आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले बताउनुभयो ।स्थानीय उद्योग तथा व्यवासाय क्षेत्रलाई आवश्यक जन शक्ति उपलब्ध गराउन र वेरोजगार यूवालाई रोजगार क्षेत्रसँग सम्पर्क गराउन मेला उपयोग हुने दुहवी नगरापालिका मेयर बेदनारायण गच्छदारले बताउनुभयो ।उहाँले स्थानीय यूवाहरु रोजगारीको खोजीम विदेशिनु पर्ने र स्थानीय उद्योगले दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न पनि मेला सहयोग हुने बताउनुभयो । उक्त मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा सूचना दिइने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे सूचना दिइने, रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासँग प्रत्यक्ष सम्पर्क गराइने काम गरिने छ । रोजगार मेलाबाट कामको खोजीमा रहेका करिव दुई हजार जनशक्तिको सहभागिता रहने र एक हजार पाँच सयले रोजगारीको अवसर प्राप्त गर्ने दाबी आयोजकको छ । सुनसरी–मोरङ कोरिडोरमा साना ठूला गरेर झण्डै पाँच देखि छ सय उद्योग सञ्चालनमा छन् । जसमा अहिले झण्डै ७० हजार मानिसले रोजगारी पाईरहेका छन् । तर अहिले पनि ती उद्योगहरुमा पाँच देखि छ हजार व्यक्तिलाई रोजगारी दिन सकिने अवस्था रहेको उद्यागी बताउँछन् । स्वदेशमा दक्ष जनशक्ति अभावमा ती उद्योगले विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको छ । जसका कारण ती उद्योगहरुमा झण्डै सात हजारको सख्यामा विदेशी कामदार रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउनु हुन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here