एक नम्बर प्रदेश सरकार चाँडै बिस्तार हुने

0
60

एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सरकार विस्तार गरिने बताएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले बर्खे अधिवेशनभित्रै प्रदेशको नाम, राजधानी र सरकार विस्तारको काम टुङ्गो लगाउने बताए । धेरैवटा मन्त्रालयलाई गाभेर एउट मन्त्रालय बनाइएको र काम गर्न असहज भएको भन्दै उनले संविधान, जनचाहना र आवश्यकताका आधारमा मन्त्रीमण्डल विस्तार गरिने जानकारी दिए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विस्तार हुने मन्त्रीमण्डलले महिलाको सहभागिता सुनिश्चित गर्ने समेत जानकारी दिए । साथै प्रदेशभित्रका सबै सरकारी निकायले प्रदेश सरकारको निर्णय र कानुन मान्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न संघीय सरकारलाई सोधिरहनु नपर्ने उल्लेख गरे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here